राष्ट्रियसभा सदस्यका लागी एमाले कर्णालीबाट नौ जना सिफारिस

१६ पुस,सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको चुनावमा ९ जनाको नाम सिफारिस गरेको छ । प्रदेश कमिटीको आजको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीनजना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।

एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलको उपस्थितिमा आज बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।

अध्यक्ष शाहका अनुसार, महिलातर्फ चन्दननाथ नगरपालिका–७ जुम्लाकी गंगा थापा महत, छत्रेश्वरी गाउँपालिका–५ सल्यानकी कुन्ता बस्नेत र मुगुम कार्मारौंग गाउँपालिका‘–३ मुगुकी सोनाम छोइजुङ भोटे लामालाई सिफारिस गरिएको छ ।

यस्तै, अन्यतर्फ वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका चुडामणि शर्मा, भेरी नगरपालिका९३ जाजरकोटका गोविन्दविक्रम शाह र शुभकालिका गाउँपालिका–४ कालीकोटका हिरे सुनार सिफारिसमा परेका छन् ।छायाँनाथरारा नगरपालिका–१० मुगुका रुपबहादुर बुढा, खाँडाचक्र नगरपालिका–३ कालीकोटका केशवराज देवकोटा लगाएतको सहभागिता हुने छन्।