
फागुन ९, कालीकोट। कालीकोटमा प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरीएको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा ब्याडमिन्टन संघ कालीकोटको टिम प्रथम भएको छ । खाँडाचक्र नगरपालिकाको अर्थिक सहयोग तथा जिल्ला समन्वय समिति कालीकोटको सहकार्यमा भएको भलिबल प्रतियोगितामा फाईनलमा जिल्ला प्रहरी कार्यालय कालीकोट र जिल्ला ब्याटमिनटन संघ बिच भएकोको प्रतिस्पर्धा खेलमा जिल्ला ब्याटमिन्टन संघ कालीकोट प्रथम भएको हो ।
मंगलबार देखि शुरु प्रतियोगितामा ४ वटा टिमको सहभाहिता रहेको थियो । प्रथम द्धितिय स्थान हासिलगर्ने टिमलाइ जिल्ला समन्वय समिती उपप्रमुख मिना रवत र नेकपा एमालेका जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेले नगत ५ हजार र प्रमाण पत्र प्रदान गरेका छन् ।
karnalipress
९ फाल्गुन २०८०, बुधबार १८:५०