अमर प्रहरी स्मारकको स्थापना

अमर प्रहरी स्मारकको स्थापना गर्दै प्रदेश प्रहरी प्रमुख ः तस्विर ललित विष्ट कालिकोट ।

ललित विष्ट माघ २६,कालिकोट जिल्ला प्रहरी कार्यालय कालिकोटको परिसरमा अमर प्रहरी स्मारक स्थापना गरिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारकको उद्धघाटन गरिएको हो । कालिकोट जिल्लामा रही कर्तव्यपालना गर्ने क्रममा अमर भएका २२ जना प्रहरीहरुको नामावली र सादत मिति सहिदको नामावली स्मारकमा राखिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले स्मारक निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक रहेको बताए । उनले भने ‘कालिकोट जस्तो दुर्गममा प्रहरी चौकी अभावमा सिमित श्रोत र साधनका बिच कार्यालय चलाउन परेको बाध्यता,जिल्ला प्रहरी कार्यालय कालिकोटमा सभाहल नहुनु,बजारका सिसिक्यामराहरु बिग्रनु,हरेक प्रहरी युनिटहरु कतै भाडामा त कतै चुहिने भवनमा बसिरहेको कुराले आफुलाई चित्त दुखेकाले आफ्नो तर्फबाट सम्वन्धित निकायमा समयमै सिफारिस गर्न कुनै आनाकानी नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी संगठनले शान्ति अमनचयनमा महत्वपुर्ण भुमिका खेल्दै बालविवाह,घरेलुहिंसा,मदिरा नियन्त्रण,धुर्मपान तथा सुर्तिजन्य पदार्थ उपभोगको नियन्त्रणका लागि प्रहरीले अतुलनिय योगदान गरेको नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाही बताए ।

कार्यक्रमको अन्त्यमा प्रहरी निरीक्षक जयश्वर रिमाले स्मारक निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । अम्मर प्रहरी,पूर्वप्रहरी र प्रहरीको संयुक्त पहलमा तथा पुर्वाधार विकास कार्यालयको आर्थिक सहयोगमा स्मारक बनेको हो ।