
बैशाख १३,कालिकोट । कालिकोट जिल्लाको खँडाचक्र नगरपालिका वडानं १ को अध्यक्षमा युवानेता बिनोदबहादुर शाहीले उम्मेदवारी दर्तागरेका छन्। सोमवार निर्वाचन कार्यालय मान्ममा वडानं १ को अध्यक्षमा शाहीले उम्मेदवारी दर्ता गरेका हुन्।
नेता शाहीलाई एमालेबाट पार्टीले वडानं १ को अध्यक्षमा जिम्मेवारी दिएपछी उनले उम्मेदवारी दर्ता गरेका हुन्। वडानं १ का गरिब,निमुखा जनताको मुहार फेर्न,मान्म बजार क्षेत्रको खानेपानि अभाव हटाउन,बादी समुदायको ब्यवास्थापन गर्न आफुले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
आगामि बैशाख ३० गतेको निर्वाचनमा जनताको चाहान अनुसार समग्र वडाको बिकास गर्नेगरी उम्मेदवार दर्ता गरेको उनको भनाई छ। निर्वाचन आयोग खाँडाचक्र कालिकोट मा नेकपा एमालेको तर्फबाट निम्न तपशिल बमोजिमका उम्मेदवार हरु ले निर्वाचन आयोगको कार्यालय मा गएर हाम्रो उम्मेदवारी दर्ता भएको छ।
तपशिल
नगर प्रमुख जसि प्रसाद पाण्डे नेकपा एमाले
नगर उप (प्रमुख मिना शाही नेकपा एमाले
वडा अध्यक्ष बिनोद बहादुर शाही
वडा सदस्य महन्बिर लोहार
वडा सदस्य पुर्ण मिजार
महिला सदस्य बिन्दा दमाई
दलित महिला सदस्य लाल्पुरा विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ।




karnalipress
१३ बैशाख २०७९, मंगलवार ०७:४०