पचालझरनाका प्रशासकिय अधिकृतलाई जवजस्त सरुवा

२३माघ,कालिकोट। पचालझरना गाउँपालिकामा काम गदै आएका एक मात्र प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेललाई गाउँपालिकाले जवजस्त सरुवा गराएको खुलेको छ।

जिल्ला भरी एक जना मात्र प्रमुख प्रशासकिय अधिकृतका रहेका पौडेललाई गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले मन्त्रालयमा माघ १६ गते पत्र पठाएर कामकाजमै रहेकालाई गोरखा जिल्ला सरुवा गराई त्यहाँ पशुसेवा तर्फका प्राबिधिक बिरेन्द्रवहादुर बमलाई प्रमुख प्रशासकिय अधिकृतको कामकाज गर्नु भनि मन्त्रालयकै पत्र थमाए पछि  त्यो कुरा सार्वजनिक भएको हो।

माघ १६ गते शहिद दिवसका दिन गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेलले प्रमुख अतिथिका रुपमा सहभागी भए । तर सोही दिन गाउँपालिकाको निर्णय सहितको पत्र प्राप्त भएकाले विरेन्द्रवहादुर बमलाई कामकाज गर्न तोकिएको भन्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट शाखा अधिकृत बिवेक विडारीको हस्ताक्षर रहेको पत्र गाउँपालिकामा प्राप्त भएपछि पौडेलले पेलिएकै महसुस गरेर गाउँपालिका छोड्नु परेको छ ।

उनले आफै फोन गरेर आफु माओवादीको सदस्य हुन नसकेका कारणले आफुलाई अपमानजनक तरिकाले सरुवा गरिएको वताए । तर गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले भने माग अनुसार नै सरुवा भएको वरु आफुले धेरै पटक सरुवा हुनवाट रोकेको दावी गरे  ।