सडक छेउ छाउँकाे फोहोर ब्यावस्थापन (फोटो फिचर)

श्रावण २३,कालिकोट। पञ्चदेव फ्रेन्ड्स क्लवले शनिवार जिल्लाको सशस्त्र प्रहरी  ब्यारेक देखि प्रतिमा चोक सम्मको सडक छेउ छाउँमा फालिएका फोहोरलाई ब्यावस्थापन गरी सरसफाई गरेको छ।

कोरोना सङ्क्रमणको रोकथाम तथा सफाईको महत्व बुझाउदै जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

जिल्लामा आवत,जावत गर्ने ठाउँमा जताततै फोहोर देखिएको हुदा सरसफाई कार्यक्रम गरी सफा गरीएको क्लवका सल्लाकार शुनिल शाहीले जानकारी दिनुभयो।

पञ्चदेव फ्रेन्ड्स क्लवको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कालिकोट, सशस्त्र प्रहरी, स्वास्थ्यक्रमी,पत्रकार,पञ्चदेव फ्रेन्ड्स क्लब का युवाहरुको सहभागितामा फोहोरलाई ब्यास्तापन गरीएको थियो।