
२८ मंसिर,कालीकोट, कालीकोटको खाँडाचक्र नगरपालिका वडानं.४ को नवज्योति आधारभूत विद्यालयका विद्यार्थी डेस्क र बेन्चको अभावमा चिसो भुइँमा बसेर पढन बाध्य छन् । सातकोठे भवन रहेको सो विद्यालयमा चारकाेठा जिर्ण भएपछि अहिले कक्षाकाेठाकाे अभाव भई विद्यार्थी भुइँमा बसेर पढन बाध्य भएका हुन्,।
दुई सय ६५ जना विद्यार्थी रहेको सो विद्यालयमा आउने विद्यार्थी विद्यालयबाहिर चिसो भुइँमा बसेर पढ्न बाध्य छन् ।नगरपालिकाको वडानं.४ मा रहेको उक्त विद्यालयको दयनीय अवस्थाबारे कसैले चासो नदिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर बाेगटीले गुनासो गरे।
विद्यालयमा अधिकांश गरिब, दलित तथा विपन्न बालबालिका पढ्न आउने गरेका कारण सो विद्यालयको अवस्थाका विषयमा कसैले चासो नदिएको प्रधानाध्यापक बागटीको गुनासो छ।
हिउँदका वेला घाममा पढ्न त ठीकै हो, तर वर्षाको समयमा पानीपरे चिसो कक्षामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षकाे भनाइ छ ।कक्षाकोठा अभावका विषयमा खाँडाचक्र नगरपालिका, वडामा र शिक्षा शाखामा पटकपटक गुनासो राख्दासमेत सुनुवाइ नभएको प्रधानाध्यापकले बताए ।
३ जना निजी स्रोत, एकजना स्थायी, एकजना बाल विकासका शिक्षीका एकजना कार्यालय सहयोगी रहेको सो विद्यालयको भौतिक संरचना भने अत्यन्त दयनीय छ ।विद्यालयमा एकजना स्थायी शिक्षक रहेको र अरु सबै निजी स्रोतकालाई विद्यार्थीकाे खाजा रकमले ब्यवस्थापन गरिएको छ।



karnalipress
२८ मंसिर २०७८, मंगलवार १८:५९