सान्नित्रिवेणिमा नेता केसीको स्वतन्त्र उम्मेदवारी दर्ता

बैशाख १२,कालिकोट । नेकपा माओवादी केन्द्र कालिकोटका जिल्ला कमिटी सदस्य एवम् पालिका कमिटी अध्यक्ष मोहनबहादुर केसी (महेश)ले सोमवार निर्वाचन कार्यालय मेहलमुडिमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

नेकपा माओवादी केन्द्र कालिकोटका भित्रका केही मुट्ठीभरका मानिसहरुको हैकमवाद,दम्ब,घमण्ड,निरङकुस,साङगठानिक अराजकता र टिकट खोसि लिने प्रबृत्तिका विरुद्ध आज निर्वाचन अधिकृतको कार्यलय मेहलमुडीमा आफुले स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दियको घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणामा पछी बोल्दै युवा नेता केसीले अव जनताको जनमतको आधारमा सान्नित्रिवेणि गाउँपालिकामा आफुले बिजय हासिल गरे जनताको हितमा काम गने बताए। उनले पालिकामा आफ्नो बहुमत कार्यम भएको बेला पर्टीले ब्यवास्था गर्दा यस्तो गनु परेको बताएका छन् ।