नरहरीनाथ गाउँपालिका ८ को वडा कार्यालयमा तालाबन्दी 

श्रावण १०,कालिकोट  जिल्लाको नरहरिनाथ गाउँपालिका वडान.८ लालुमा नेपाली कांग्रेसले तालाबन्दी गरिएको छ । वडा कार्यालयले बिभिन्न योजनामा अनियमिता गरेको भन्दै तालाबन्दी गरिएको हो ।

वडा कार्यालयले खरीद गरेको मोटरसाइकल अवस्था अहिलेसम्म पनि अज्ञात रहेको,सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरेको, वडामा निर्माण थालिएको योगी नरहरिनाथ संग्राहलय निर्माणमा अनियमिता  गरेको भन्दै  तालाबन्दी गरिएको नेपाली कांग्रेसका वडा सभापति दंगली बिष्टले बताउनुभयो ।सबै अनियमिताको सार्वजनिक नगरे सम्म ताला नखुल्ने बताईएको छ।