
कालीकोट। कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दनिदाहडै एक सुन पसलमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय देखि अन्दाजी एक सय मिटरको दुरीमा वुधवार बिहान ८ वजेको समयमा न्यु काठमान्डौ शुभलाभ सुनचादी पसलमा चोरी भएको हो । बिहान पसल खोलेर चिया खान अर्को पसलमा आफ्नो श्रीमानलाई वोलाउन गएको समयमा पसलमा चोरी भएको सञ्चालक भगवती सुनारले वताउनुभयो ।
हाम्रो दुई वटा पसल छ । मुख्य पसलमा म आफै र शाखा पसलमा श्रीमान लोकेन्द्र सुनार वस्नु हुन्थ्यो । बिहान पसलको सरसफाई र सुन पसलमा राखेपछि श्रीमानलाई चिया खान वोलाउन गए । त्यही समयमा पसलमा रहेको सिसाको काउण्टर फुटाएर सबै सुन लगेछ । श्रीमान पसलमा चिया खाना आउनुभयो । म श्रीमान वस्ने पसलमा वसे । त्यहाँ पुग्दा त सिसा फुटाएर २५ तोला सुन चोरले लगिसकेको रहेछ भगवतीले रुदै प्रहरी समक्ष वताउनुभयो । १६ गते बिहान पसलमा चोरी हुदा प्रहरी पनि घटना स्थलमा पुगेको थियो । तर अहिले सम्म चोरको पहिचान गर्नु त परैको कुरा संकास्पद ब्यक्तिलाई समेत राम्रो संग सोधपुच नगरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी चक्र शाहले ६ देखि १० मिनेटको समयमा मुल वजार फेरी जिल्ला प्रशासन कार्यालयको क्वाटर अगाडी र जिल्ला प्रहरी कार्यालयको गेटवाट पश्चिम तिर एक सय मिटर दुरीमा कसरी चोरी भयो आफु पनि निकै अच्चममा परेको वताउनुभयो । बिहान प्रहरीको गस्ती जादा पसलमा लिपपोत भईरहेको देखेको छ ।
साथै जिल्ला समन्वयको अतिथि गृहको अगाडी केही मान्छे घाम तापेर समेत वसेका छन । त्यही वेला पसलकी सञ्चालक भगवती सुनार आफ्नो श्रीमानलाई चिया खान वोलाउन जानुहुन्छ र त्यही मौकामा पसल चोरी भएको प्रहरी प्रमुख शाहको भनाई छ । तर कसले कसरी चोरी गर्यो त्यो भने अहिले सम्म खुलेको छैन । जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय नजिकै पसलभित्रको सिसाको काउण्टर फोडेर सुन चोरी हुनु जिल्लाको सुरक्षा निकायलाई समेत चुनौती देखिएको छ । पसलवाट चोरी भएको प्रहरीको प्रतिवेदनमा २५ तोला उल्लेख छ ।
पसल सञ्चालकले खरिद गरि ल्याएको बिलका आधारमा प्रहरीले घटना सर्जिमन मुलुल्कामा २५ तोलाको २३ लाख ५० हजार मुल्य निधारण गरिएको छ । सँकास्पद ब्यक्तिलाई प्रहरी सामान्य सोधपुछ मात्र गरेकाले चोर पत्ता लगाउन मुस्कील छ । उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनवहादुर शाहीले पसल चोरी भएकै दिन संकास्पद मान्छेको फिङगर लिएर उनिहरुलाई अनुसन्धानकै घेरामा राख्नुको सट्टा प्रहरीले खासै चासो नदिएको वताउनुभयो । उहाँले आफुपनि जिल्ला प्रहरी कार्यालय पुगेर अनुसन्धान फितलो भयो भनेर भनेको र प्रहरीले खासै चासोका साथ नलिएकाले चोरी पत्ता लगाउन मुस्कील भएको अध्यक्ष शाहीको पनि वुझाई छ ।
पाँच दिन सम्म घटना सञ्चार माध्यममा समेत पुगेको छैन । प्रहरीले आफ्नो अनुसन्धानको गतीलाई पनि सुधार गरेको देखिदैन । दुई दिन अगाडी धम्की दिनेहरुलाई पनि अनुसन्धानको दायरामा तानिएको छैन । पसल सञ्चालक भने डरले गर्दा कसैको नाममा किटानी दिन सकिरहेका छैनन । प्रहरीले भने आफुले अनुसन्धानलाई प्राथमिक्ता दिएको र वजारका सिसि क्यामराका फुटेज ल्याएर हेरिरहेको जनाएको छ ।



karnalipress
२० कार्तिक २०७८, शनिबार १८:५१