
कालिकोट :
जिल्लाको सान्नी त्रिवेणी गाउँपालीका वडा ८ मुम्राकि केसपुरा बुढा लाई सुत्केरी हुन नसके पछि हेलीकप्टर मार्फत उद्धार गरिएको छ । केसपुरा बुढाको स्वास्थ्य चौकी मुम्रामा पेटमा दुई वटा बच्चा हुदा सुत्केरी हुन नसकेपछि सुर्खेत पठाइको छ ।
राष्टपति उत्थान कार्यक्रम अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी र उपाध्यक्ष पार्वति शिंह संज्याल वडा नं. ८ का वडा अध्यक्ष नौलाशिह बुढाको पहलमा हेलीकप्टर मार्फत सुर्खेत पठाइएको छ । पेटमा दुई वटा बच्चा उल्टो रहेको हुदा स्वास्थ्य चौकि मुम्रामा जन्माउन नसकेपछि हेलीकप्टर मार्फत सुर्खेत पठाइएको हो ।
नेपाल सरकारले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकी अवस्था जटिल भएमा हेलीकप्टर मार्फत सुविधा सम्पन्न अस्पताल पुगाउने गरि राष्टपति उत्थान कार्यक्रम लागु गरेको छ । कर्णाली राजमार्ग, कर्णाली करीडोर र पालिकाका अन्य सडकहरु पनि पहिरोका कारण अवरुद्ध भएको र बुढाको अवस्था पनि गम्भीर रहेकाले स्वास्थ्य चौकी मुम्रामा सुत्केरी गराउन नसकिएको स्वास्थ्यकर्मिले बताएका छन ।
आमा र बच्चाको स्वास्थ्यमा असर नपरोस भनेर हेलीकप्टर मार्फत सुर्खेत लगिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । यस्तै २९ गते पनि सान्नी त्रिवेणी गाउँपालिकाको पहलमा मुम्राकि कोकिला बुढाको उद्धार गरिएको थियो । २ दिनमा २जनि सुत्केरि हुन नसकेकि महिलाको उद्दार गरि सफल रुपमा बच्चा जन्माउन सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय कालिकोट त स्वास्थ्यकर्मिलाई गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले धन्यवाद दिनु भएको छ ।



karnalipress
३१ आश्विन २०७९, सोमबार ०७:५४