प्रेस सेन्टर कालीकोटको अध्यक्षमा बिरेन्द्र आचार्य

कालीकोट २५,कार्तिक। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर कालिकोटको दोस्रो जिल्ला सम्मेलनले बिरेन्द्र आचार्यलाई जिल्ला अध्यक्ष पदमा सर्वसहमतिमा निर्वाचित गरेको छ। प्रेस सेन्टर कालिकोटको दोस्रो सम्मेलनवाट पत्रकार बिरेन्द्र आचार्यलाई अध्यक्ष पदमा चएन गरेको हो।

प्रेस सेन्टरका पुर्व अध्यक्ष अर्जुनप्रसाद भट्टराईको सभा अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र कालिकोटका अध्यक्ष धनजित शाहीको प्रमुख आथित्यता,संगठनका केन्द्रिय आयोजक समितिका सदस्य दोय रत्न कार्की र मनीका बोहोरा, पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम, जिल्ला समन्वय समितिका सदस्य नेत्रराज शाही, माओवादि केन्द्रका प्रदेश सदस्य गंगा खड्का बोगटी,र अन्य पार्टीका नेताहरुको सहभागीता रहेको थियो ।

नौ वटै स्थानिय तहवाट आएका प्रेस सेन्टरका प्रतिनिधिहरुले प्रेस सेन्टरको  जिल्ला अध्यक्षमा बिरेन्द्र आचार्यलाई सर्वसहमतिमा निर्वाचित गरेका हुन्न।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा कालिकोट दोस्रो जिल्ला सम्मेलन बाट,अध्यक्ष बिरेन्द्र आचार्य,उपाध्यक्ष कर्ण कुमाल,प्रेमा बिश्वकर्मा,सचिव  पूर्णसिंह बम अनुराग,कोषाध्यक्ष कमल बुढा लगायत २१सदस्य कार्यसमिति गठन गरिएको छ।