
माघ १५,कालीकोट । जिल्लामा शुक्रवार साँझ सहकारीको छ तला माथिवाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लामा सञ्चालित हिमचुली कृषि सहकारी सस्था लिमिटेडमा कार्यरत साहयक ब्यवस्थापक तथा कर्जा प्रमुख सिहंवहादुर शाहीको सहकारीको भवनको छ तला माथिवाट खसेर निधन भएको हो । शुक्रवार वेलुका ४ः वजेर ५७ मिनेटमा शाही सहकारीको छतवाट खसेर शाहीको शुक्रबार निधन भएको हो ।
जिल्लाको महावै गाउँपालिका वडा नम्बर ६ गणेशकोट निवासी ३५ बर्षिय शाही निर्माणाधिन भवनको छतबाट खस्दा घाईते भएका थिए । घाइते शाहीलाई उपचारका लागि अस्पताल पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मिजासिलो स्वभावका धनी शाही सबैका प्रिय थिए ।उनको निधनले सहकारी संस्थालाई अपुरणीय क्षति पुगेको भन्दै संस्थाका प्रबन्ध निर्देशक जगेन्द्र प्रसाद आचार्यले दुःख व्यक्त गरे ।
karnalipress
१५ माघ २०७८, शनिबार १७:२७