
भाद्र ८,सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञाकाे अवधि एक हप्ता थपेकाे छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि फेरि निषेधाज्ञा थप गरेकाे हाे । कोरोना भाइरस सङ्क्रमण अपेक्षित रूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालले बताउनुभयो ।
सुर्खेत प्रशासनले औषधि पसलहरू २४ सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ । त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।



karnalipress
८ भाद्र २०७८, मंगलवार ११:४७