गोठालो भत्ता कार्यक्रम प्रभाव कारी बन्दै

कालीकोट। जिल्लाको पचालझरना गाउँपालिकाको गोठालो भत्ता कार्यक्रम प्रभाव कारी बन्दै गएको छ । पशु कृषकलाई प्रोत्साहन दिन र पशुपालनलाई बडवा दिनका लागि गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको कार्यक्रम प्रभाव कारी बन्दै गएको पाईएको हो।आर्थिक वर्ष २०७६÷०७७ को निति तथा कार्यक्रममा गाउँपालिकाले गोठालो भत्ता दिने घोषणा गरेको थियो ।

गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार प्रक्रियामा जादा निति पारित भएको वर्षमा ५१ जना पशुपालकले गोठालो भत्ता पाएको वताउनुभयो । पशुपालक कृषकको तथ्यांक संलनमा ढिलो भएकाले सुरुको वर्षमा ५१ जनाले मात्र लाभ लिएको अध्यक्ष सेजुवाललको भनाई छ । गाउँपालिका भरी एक सय भन्दा वढि भेडा वाख्रा पाल्ने किसान पाँच जना रहेका छन । आर्थिक वर्ष २०७७÷०७८ मा भने ७० जना पशुपालक किसानले सेवा लिएका छन ।

पचालझरना गाउँपालिका पशु शाखा प्रमुख बिरेन्द्रवहादुर बमले वर्ष भरी एक सय भन्दा माथि भेडावाख्रा पाल्ने ५ जना कृषकले जनही मासिक दुई हजारका दरले १२ महिनाको एक जनाले २४ हजारले भाग गर्दा एक लाख २० हजार र ६५ जना किसानको मासिक एक हजारका दरले १२ महिनाको ७ लाख ८० हजार गरी जम्मा नौ लाख रुपिया गाउँपालिकाले वैक मार्फत सम्वन्धीत पशुपालक किसानको खातामा जम्मा गरेको वताउनुभयो ।

हामीले आर्थिक वर्ष २०७६÷०७७ को यस भन्दा अगाडी नै भुक्तानी गरेको, अघिल्लो आर्थिक वर्षको यो वेला र अव चालु आर्थिक वर्षको आगामी २०७९ सालको असार पछि भुक्तानी गर्ने योजना रहेको वताउनुभयो । प्रमुख बमले भत्ता दिन सुरु गरेकाले भेडावाख्रा पाल्ने किसानमा उत्साह आएको र पशुपालकको संख्या पनि बृद्धी भईरहेको पाएको वताउनुभयो । चरिचनको अभाव परिवारको वसाई सराईले गर्दा कालीकोटमा पशुपालक घटेपछि गाउँपालिकाले यस्तो निति लिएको जनाएको थियो । वजारमा खसिको माग वढेको र गाउँमा पाल्ने किसान घटेका कारणले मासुको मुल्य समेत वढेकाले पचालझरना गाउँपालिकाले पशु अर्थात भेडावाख्रा पाल्ने किसानलाई मासिक गोठालो भत्ता दिने निति पास गरेको थियो ।