भिरवाट लढेर दुई जनाको मृत्यु

कार्तीक २९, कालिकोट।लिकोट जिल्लामा भिरबाट लढेर दुई जनाको मृत्यु भएको छ । जिल्लाका दुई छुट्टाछुटै ठाउँमा भिरबाट लढेर दुई जना पुरुषको निधन भएको हो । तिलागुफा नगरपालिका –७ छाप्रेमा अन्दाजी वर्ष ४८ का अजिपाल भण्डाराको भिरबाट लढेर मृत्यु भएको जनाईएको छ ।

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रवहादुर शाहीले घटना लगतै भण्डाराको उद्धारका लागि गाडी पठाएपनि बिचवाटोमा ल्याउदै गर्दा मृत्यु भएको सुनाए । वडा कार्यालयको अलि उतातिर निकै भिर छ । त्यो भिरमा सचेतपुर्ण यात्रा नगरे यस्तो दुखद घटना हुने गरेको उपप्रमुख शाहीले बताए । यस्तै शान्नीत्रिवेणी गाउँपालिकामा पनि भिरवाटै लढेर एक जना पुरुषको मृत्यु भएको छ ।

वडा नं १ मौराकोट लुसा भन्ने ठाउँमा अन्दाजी वर्ष २५ का भिम तिरुवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी प्रहरी निरिक्षक शुभराज बमले घटनाको पुष्टी गरेका छन्। यसरी कालिकोटका भिरपाखामा बर्षेनी कोही घाँस काट्न जादा महिलाले ज्यान गुमाउछन भने कोही यात्रा गर्दा र कोही मदिरा सेवनका कारणले भिरमा उछिट्टीएर ज्यान गुमाउने गरेका छन्।