
भाद्र २९,सुर्खेत। पार्टी उपाध्यक्ष कमरेड भिम रावल कुनै एउटा प्रदेशको इन्चार्जमा मात्र सिमित रहेर रमाउने समान्य नेता भने होईनन ! नेकपा एमालेको आउँदो १० औं राष्ट्रिय महाधिवेशनबाट जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको र पार्टीले अंगीकार गरेको जनताको बहुदलीय जनवाद अनि पार्टीको प्रतीक सुर्य चिन्हमा गोलबद्ध भएर देश र जनताको गौरवशाली पार्टी नेकपा एमालेको मुल नेतृत्वमा दाबी गर्दै नेतृत्व गर्न सक्ने अठोट बोकेका असल नेता हुन् ।
जनतामा भ्रम छर्नलाई कहि न कहिबाट परिचालित कोठे मिडियाकर्मी र मापसेका कार्तिके मतियारहरुले खुबै प्रचारबाजी गरिरहेका छन् । त्यसो त, नेता र नेतृत्व भनेको त असल अविभावक जस्तै हुनुपर्छ । यदि अभिभावक राम्रो भएन भने घर बिग्रन्छ, परिवार र भावी पुस्ता अन्योलमा पर्छ नै ।
राजनीतिक नेतृत्व त देशका लागि अविभावक पुष्टि हुनैपर्छ । उसको नैतिक चरित्र राम्रो भएन भने देशको हालत के हुन्छ ? यो विषयमा वर्तमान राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ र यसतर्फ बहस आवश्यक छ ।
राजनीति फगत नेताले चाहे जस्तो हुने वा देशको आवश्यकता अनुसार हुने ? राजनीतिक दलले चाहे जस्तो हुने वा आम जनताको आवश्यकतामा केन्द्रित हुने ? स्वार्थ केन्द्रित जडसूत्रवादी हुने कि राष्ट्रवादी हुने ? दलगत हुने कि प्रतिपादित सिद्धान्त र स्थापित मूल्य मान्यता अनुसार चल्ने ? यस विषयमा वर्तमान पुस्ताले गम्भीर बहस गर्न जरुरी छ ।
त्यसैले, पार्टीको नेतृत्व गर्ने सवालमा होस या राष्ट्रियता र बिकास निर्माणका सवालमा मात्र नभई हरेक सवालहरुमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली पछी एमालेको मुल नेतृत्वमा रहेर नेतृत्वदायी भुमिका खेल्न सक्ने एक पबित्र पात्रको रुपमा चर्चा नै गर्ने हो भने भीम रावलले आफूलाई समयाक्रम अनुसार स्थापित गर्न अब्बल साबित गर्ने नै छन ।
अन्तत: भीम रावल बिरोधीहरुले सिकेको राजनीतिक संस्कार कति टिठ लाग्दो छ; त्यो त अबस्य समयले पुष्टि गर्ने नै छ । अहिलेलाई बिचरा भन्नू शिबाय अरु केहि रहेन । नेकपा एमाले जिन्दावाद ! कमरेड भिम रावल जिन्दावाद।
लेखक-धीरेन्द्र आचार्य



karnalipress
२९ भाद्र २०७८, मंगलवार १८:२३