सवारी दुर्घ’टनामा विष्ट दम्पत्तीको नि’धन !

बिर्तामोड, साउन १३ गते । दमकमा मोटरसाईकल दुर्घ’टनामा परी कनकाई नगरपालिका ३ सुरुङ्गाका हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घ’टना स्थलमै मृ,त्यु भएको छ । गए राती मंगलबार साढे १० बजेर १५ मिनेट जाँदा दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षीय पुर्णबहादुर विष्ट र उहाँकी श्रीमती ३६ बर्र्षीय हीमा विष्टको घटनास्थलमै मृ,त्यु भएको हो ।

उनीहरु सवार पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र२/०३/०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आएको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिएको र उनीहरुको घा’ईते अवस्थामा भेटिइ उपचारका क्रममा केहि बेरमै लाइफ लाइन अस्पताल दमकमा मृ,त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापाले जनाएको छ ।

यो पनि, प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति जिम्मेवारी : सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी प्रभुराम शर्मालाई दिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापा २५ साउनबाट बिदामा बस्ने भएपछि मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकमार्फत सरकारले सोही दिनबाट लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

कानुन मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । प्रधानसेनापति थापाको कार्यकाल २४ भदौसम्म छ । त्यसपछि शर्माले ४४ औँ प्रधान सेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व गर्ने छन् ।