
ललित बिष्ट भाद्रा ७,मान्म: जिल्लाकाे खाँडाचक्र नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ।आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र स्थापक स्कुल सञ्चालनमा ल्याउने भएको हाे।
भाद्रा १ गते जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जसी प्रसाद चाैलागाईले जानकारी दिनुभयो ।
जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि दिएको निर्देशन अनुसार विद्यालय सञ्चालन गर्न लागिएको उहाँ ले बताउनुभयो ।
नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नकालागि परिपत्र गरीसकेको हुदा स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरि कक्षा १ देखि १२ सम्म विद्यालय सञ्चालन गर्न पत्र पठाएको खाडाँचक्र नगरपालिका प्रमुख जसी प्रसाद पाण्डेले बताउनुभयो ।




karnalipress
७ भाद्र २०७८, सोमबार १५:०५