प्रजिअ सहित पाँच जना बिभुषण

असोज ३,कालिकोट। कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य सहित पाँच जना संबिधान दिवसको अवसरमा बिभुषण भएका छन । संबिधान दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्य, भरी अस्पताल वाँकेमा कार्यरत स्टाप नर्स कालीकोटकी चेली सुनिता सहकारी वुढा, स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकवहादुर महतका साथै जनयुद्धमा ज्यान वलिदान गर्ने तत्कालीन माओवादी सेनाका कमाण्डर दोय कमलवहादुर बिष्ट, र अमरवहादुर बिक गरी पाँच जना बिभुषण हुनु भएको हो ।
सुनिता सहकारी वुढा यस भन्दा अगाडी पनि जननेता मदन भण्डारीको स्मृती दिवसमा रु एक लाख पुरुस्कार सहित सम्मानित हुनु भएको थियो ।

कोरानोको जोखिममा वाँकेको भेरी अस्पतालमा रहेर जोखिम पुर्ण अवस्थामा काम गरेको भन्दै मदन भण्डारी फाउण्डेसनले सुनिता लगाएत तीन जनालाइ सम्मान गरेको थियो । आफु निकै पिडामा भएपनि वुढाले कोरोना संक्रमणका बिरामीलाई वचाउन सफल भएको तथ्य सहित फाउण्डेसनले सम्मान गरेको थियो ।