जिल्ला अस्पताल सधैं निमित्तकै भरमा

असार ३,कालिकोट । प्रमुख नहुँदा जिल्ला अस्पताल कालिकोट स्थापना काल देखि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल नेतृत्व विहीन छ ।

प्रमुख नभए पछि अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा लामो समय देखि प्रभावित छन् । २०६१ सालबाट सेवा सुरु गरेको जिल्ला अस्पतालमा अहिले आठौँ तहका एमविजिपि डाक्टर रत्नबिर सुनारलले निमित्तको रूपमा काम गर्दै आएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

अस्पताले पटक–पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएको र माग्दा,माग्दा आफुहरु थाकिसकेको जनस्वाथ्य अधिकृत कटक महतले बताए  । प्राविधिक उपकरणहरू सञ्चालन गर्ने ६ जना मेडिकल अफीसर एक जना एमडिजिपि एक जना डेन्टल सरजर मात्र छन् ।

अस्पतालमा ल्याब टेक्नेसियन,रेडियोग्राफर,भेन्टी लेटरजस्ता प्राविधिक जनशक्ति अभाव हुँदा भएका उपकरणहरू समेत सञ्चालनमा नआएपछि सामान्य परीक्षण गर्नसमेत बिरामीहरूले मोटो रकम खर्चेर निजी अस्पताल जानुपर्ने बाध्यता छ ।

४४ जनाको दरबन्दीमा १८ जना स्थाई मर्कचारि रहेको र अरु सवै करार मर्कचारि रहेको बताईएको छ । ११ जना प्रदेहबाट करारमा पठाएको छ। अहिले पनि ४ जना बिषेशज्ञ डाक्टर अभाव छ। मापदण्ड अनुसार प्रायः सबै उपकरण भए पनि जनशक्ति अभावकै कारण प्रयोगमा आउन सकेका छैनन्।

५ वटा वार्ड ५० शय्याको अस्पतालमा कर्मचारी अभावकै कारण तोकिएका सेवाहरू प्रवाह गर्न कठिनाइ भएको जनस्वाथ्य अधिकृत कटक महतको भनाई छ। उनले सयौँपटक कर्मचारी पठाउन अनुरोध गरे पनि मन्त्रालयले कर्मचारी नपठाएको गुनासो गरे । सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न भने पनि बिरामीहरूलाई सबै प्रकारका औषधि वितरण गर्न नसकेको अस्पताल स्रोतले जनाएको छ ।

करार चिकित्सक धेरै
जिल्ला अस्पताल करार चिकित्सककै भरमा सञ्चालनमा छ । आठजना दरबन्दी रहेकोमा जिल्ला अस्पतालमा एकजना चिकित्सक र छजना करार चिकित्सक छन्। चार जनाको पद रिक्त रहेको स्वास्थ्य सेवा कार्यालय जनाएको छ।

तीनजना स्टाफ नर्स पनि करारका छन् । हालसम्म जिल्ला अस्पताल एकजना पनि स्थायी चिकित्सक पुगेका छैनन् । स्थायी चिकित्सक एकजना पनि नखटाउँदा करार र प्रदेश सरकारका चिकित्सकले धान्दै आएका छन् ।

जिल्ला अस्पताल कालिकोटमा थाइराइड,टिबी,स्टेडी,एक्स–रे ब्लड समूह छुट्याउने उपकरण राखिएका छन् । सबै २६ जना कर्मचारिले अस्पतालमा सेवा गरेका छन् ,भने बाकी १८ जना पनि सेवामा छन्। तर, स्थायी दरबन्दी नहुँदा करारकै कर्मचारीले अस्पताल चलाएका छन् । विशेषज्ञ सेवा दिने डाक्टरको अभावले मंगलवार मात्र एकजना सुत्केरी महिला र शिसुको अस्पतालमै मृत्यृ भएको थियो ।