भैंसीगौडाको पक्की पुल बगायो

ललित विष्ट असोज २८,कालिकोट । तिलागुफा नगरपालिका–६ स्थीत राँचुली जोड्ने भैंसीगौडाको पक्की पुल बाढीले बगाएको छ। र्भखरै निमार्णको अन्तीम चरणमा रहेको भैंसीगौडाको पक्की पुल गत बुधबार देखि लगातार पाँच दिन सम्म परेको बाढीपहिरोले बगाएको हो।

नगरपालिकाको वडा नं ९,१०,र,११ जोड्ने भैंसीगौडा पुल निमार्ण गर्ने निमार्ण कम्पनी अम्पर कन्स्ट्रक्सन प्रा.लि.काठमाडौँले भुक्तानी नपाउदै पुल बाढीले बगाएपछि प्रतिनिधि निमार्ण ब्यवसायी तारा शाह चिन्तित भएकी छन्। निमार्ण ब्यवसायी शाहले प्रदेश सरकार अन्तरगर्त भौतिक पुर्वाधार बिकास कार्यालयले भुक्तानी दिदै आएको बताईन्।

‘कार्यालयले प्रत्येक वर्ष थोरै थोरै वजेट दिने गरेकाले उसै पनि आफु घाटामा थिए। अझै एक करोड वढी बजेट भुक्तानी नहुदै पुल बाढीले बगाएको छ। आफुले बनाएको संरचना दिगो होस,सबैले प्रशंसा गर्ने लाएकको होस भन्ने हुन्छ । तर के गर्नु दैविक प्रकोपले सबै सपना अधुरा बनाउछ । आफु एकातिर भुक्तानी नपाएको पिडामा थिए । उनले भनिन् अर्को तिर बनाएको पुल नै बाढीले बगायो,अहिले आफु निकै पिडामा रहेको छु।’

२०७८ साल भदौमा निमार्ण सम्पन्न भएर गाडी आउजाउ गरिरहेका पुल सरकारले आफ्नो नियन्त्रणमा नलिदा ब्यवसायीलाई समस्या भएको हो। आफुले पुल बुझेपछि भुक्तानी दिनुपर्ने भएकाले सरकारले पुल बुज्न नचाहेको ब्यवसायी शाहले बताईन्।

पुलको केही काम वाँकी रहेकाले पुल नवुझेको भौतिक पुर्वाधार कार्यालय कालिकोटले जनाएको छ । कार्यालयका प्राबिधिक लक्ष्मण प्रसाद पाण्डेले केही काम बाँकी रहेकाले नवुझेको बताए। ‘८० लाख जती भुक्तानी हुन बाकी छ। गत चैत सम्म पुलको काम सम्पन्न भएको थियो। तर केही काम वाँकी थियो। पुल निमार्ण सम्पन्न भएको एक वर्ष सम्म केही जोखिम भएको खण्डमा निमार्ण कम्पनीले आफै जोखिम लिनु पर्ने नितिमा छ। उनले भने।’

जम्मा ३ करोड ७८ लाख लागतमा बनेको पक्की पुल बाढीले बगाएपछि निमार्ण ब्यवसायी निकै तनावमा छन्। समयमा भुक्तानी दिएको भए म्याद थप्नु पर्ने अवस्था थिएन । समयमा सम्पन्न गरिसक्ने थिए । समयमा भुक्तानी नदिएका कारणले पुल बाढीले वगाएका निमार्ण ब्यवसायीे शाहाको भनाई छ।
उदारोमा पुल शिलान्यास भएको दुई वर्ष पछि पुल निमार्णका लागि एलआरडिपी कार्यक्रम अन्तरगर्त अम्मर कन्ट्क्सन प्रा.लिले निमार्णको जिम्मा लिएको थियो ।