
कार्तिक ६,जुम्ला। जुम्लामा भालुको आक्रमणबाट एक महिलाको मुत्यु भएको छ । तातोपानी गाउँपालिका– ५ जुम्ला लाम्रा गाउँकी एक महिलाको भालुको आक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा करिब ५५ वर्षीय रुद्दा डाँगी रहेको जुम्लाका डीएसपी दानबहादुर थापाले बताए । उनका अनुसार मृतक महिला सोही गाउँपालिका– ५ स्थित गाढापारी सामुदायिक वनको चौकीदार रहेको बताए । वन हेर्न गएको डाँगीलाई शनिबार हिउँसो १२ः०० बजेको समयमा भालुले आक्रमण गरेको थियो ।
karnalipress
६ कार्तिक २०७८, शनिबार १८:३४