सुत्केरीको लागी हेलिप्याड निर्माण

पुष्पा गिरि
वैशाख २५,कालीकोट ।
सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । कालीकोटको शुभकालिका–५ सुकाटियामा सेनाले १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरेको हो ।

एक महिनाको अवधिमा शमशेर गुल्म मान्मको जनशक्ति परिचालन गरेर हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेको गुल्मपति सेनानी रन्जित कार्कीले बताए । सुकाटियाको डाडो सम्याएर हेलिप्याड बनायौ । उनले भने ‘जटिल अवस्थाका सुत्केरी, विपद्का घाइतेलगायतको उद्धार गर्न सहज हुनेछ ।’ उनले सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिकरुपमा घाइते तथा विरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने उनको भनाई छ ।

सेनाले गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेकामा खुशी लागेको पालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । अप्रेशन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुनेछ ।

हवाई उद्धारका लागि हेलिप्याड नहुँदा समयमै अस्पताल पु¥याउन नसकी अबदेखि कुनै पनि दिदी बहिनीले अकालमा ज्यान गुमाउन नपर्ने गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन् । उनका अनुसार एक वर्षको अवधिमा मात्र शुभकालिकाका ३ जना सुत्केरी महिलाको सदरमुकाम मान्मबाट हवाइ उद्धार गरेर ज्यान बचाइएको छ ।

स्वास्थ्य संस्था लैजान ढिलाई हुदा गत वर्ष नै भर्ता र छाती गाउँका दुई जना महिलाले सुत्केरी हुन नसक्दा अकालमा ज्यान गुमाएका थिए । भरपर्दो सडक यातायात नभएको शुभकालिका ४, ५ र ६ नं वडालाई पायकपर्ने गरी सुकाटियामा निर्माण गरी गाउँपालिकालाई हेलिप्याड हस्तान्त्रण गरिएको छ ।

खाँडाचक्र २, तिलागुफा २, रास्कोट ५ वटा हेलिप्याड निर्माण गरिएका छन् । यस्तै शुभकालीका १, पचालझरना ४, नरहरिनाथमा १, महावै गाउँपालिकामा १ हेलिप्याड निर्माण सम्पन्न छन्। यस्तै जिल्लाकै दुर्गम पलाँता गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा अहिले सम्म एउटै हेलिप्याड निर्माण गरिएको छैन् ।

३४ जना सुत्केरीको हवाई उद्धार
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ । दुई वर्षको अवधिमा कालीकोटबाट ३४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । स

रकारले गर्भवती, सुत्केरी महिला र ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गर्ने कार्यविधि अनुसार हाल सम्म विगत दुई वर्षमा कालीकोटबाट ३४ जना सुत्केरी महिलाको उद्धार गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पु¥याइएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । उनले भने ‘सुत्केरी महिलाको हकमा तत्काल उपचारको लागि धेरै राहत भएको छ,जटिल खालका केशहरुको लागि अति उपयोग छ ।’

अहिले पनी दुर्गम जिल्लामा सुबिधा सम्पन्न अस्पताल निर्माण भएको भए सुत्केरी उद्धार आवस्यक नहुने उनको भनाई छ। सरकारले कर्णालीका कालीकोट, मुगु,हुम्ला,दैलेख,जाजरकोट,डोल्पालगाएतका जिल्लामा सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न सकेको छैन्।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आ.व.२०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । अहिले यो कार्यक्रमले धेरै दुर्गम हिमाली भेगका महिलाहरुको ज्यान जोखिमबाट बचेको पाइन्छ ।

नेपाली सेना तयार गरेकको सुकाटियाको हेलिप्याड ।