
भाद्र २१,कालीकोट जिल्लाको पलाता गाउपालिकामा खाध्य कचहरि सम्पन्न भएको छ ।मिसन ईस्टको प्राबिधिक सहयोग पलाता गाउपालिकाको समन्वय र किर्डाक नेपाल लालिकोट को आयोजनामा गाउपालिका स्तरिय खाद्य सुरक्षा कचहरि सम्पन्न भयको हो ।
पलातामा खाध्य सुरक्षाका लागि भैरहेका पहललगायतका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा पलाता गाउपालिकाले सिचाइ, अर्गानिक खेति फलफुलका बिरुवा बितरण कुखुरा, बाख्रा भेडा, भैसि र तरकारी खेतिका लागि पालिकास्तरबाट अनुदानका कार्यक्रमहरू लागु गरिरहेको जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै पलाता गाउपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले पलातामा खाध्य संकट हुन नदिने बताउनु भएको छ ।उहाँले खाध्य सुरक्षाका लागि गैर सरकारी संस्थाले पनि सहयोग गरेको भन्दै धन्यवाद दिए । त्यसै गरि परियोजाना लागु भय देखि पालिका सङ्ग को समन्वयमा नेपालको बिकट हिमालि समुदायका किशोरीहरुको बहिस्करण तथा भोकमरि अन्त्यका लागि सकारात्मक कार्यहरू म्च् ण्ण्घ परियोजनाले सहिढंगले जनस्तरमा पुराउन कुनै कम्जोरि नगरेको परियोजना संयोजक पदम बहादुर कठायतले बताउनु ।
खाद्य कचहरिमा स्थानीय जनप्रतिनिधि किशोरी समुह आमा समुह राजनैतिक दल का प्रतिनिधि बुद्धिजिबि युबा क्लब बाल क्लबका प्रतिनिधिको उपस्तिथिति रहेको कार्यक्रममा आगामी दिनमा पलाताको खाद्य असुरक्षालाइ हटाउ जनस्तरबाट सरकार र किर्डाक नेपालले आ(आफ्नो ठाउ बाट भुमिका खेल्नु पर्ने बताईएको छ।by-ekarnalipati



karnalipress
२१ भाद्र २०७८, सोमबार ०५:३६