
१२ पुष,कालिकोट। आज पौष १२ देखि १४ गते सम्म कालिकोट जिल्लाका ८२ वटै वडाका बिभिन्न १,४२ वटा बिध्यालय तथा स्वास्थ्य संस्थाहरुमा बिहान १० देखि ४ बजेसम्म १२ देखि १७ बर्षसम्म उमेरका सम्पूर्ण बालबालिकालाई कोभिड १९ बिरुद्धको मोर्डेना खोपको पहिलो मात्रा खाेप लगाईँदै छ । २०६१ साल मंसीर महिना देखि २०६६ मंसीर महिनामा जन्मेका १२ देखि १७ बर्ष उमेर सम्मका १९ हजार ३० जना बालबालिकाहरुलाई सो खोप लगाईने भएको हो ।
उक्त अभियानका लागि आबश्यक खोप तथा खोप सामाग्रीहरु ९ वटै स्थानीयतहहरुमा हिजो नै आपूर्ति भैसकेको छ भने खोप अभियानमा हुन सक्ने संभाबित अबान्छित घटनाको ब्यबस्थापनका लागि स्वास्थ्य सेवा कार्यालयले नि.स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्न वीर सुनारको नेतृत्वमा ब्यबस्थापन टिम गठन गरी ९ वटै पालिकाहरुमा ११ जना चिकित्सकहरुलाई जिम्मेवारी समेत तोकेको जनस्वास्थ्य अधिकृत कटकमहतले जानकारी दिए ।
यसै गरी कालिकोट जिल्लामा गत २०७७ माघ देखि हालसम्म बिभिन्न चरणमा गरी ५११४० जना नागरिकलाई पहिलो र २९३७५ जनालाई कोभिड १९ बिरुद्धको दोश्रो मात्रा खोप लगाई सकिएको छ ।
यस अघि कोभिड १९ बिरुद्धको कुनैपनि खोप नलिएका १८ बर्ष माथिका कुनै नागरिक छुटेका भए यसै अभियानमा भेरोसेलको पहिलो मात्रा समेत लगाउने ब्यबस्था गरिएकोले सबै लक्षित समूहका ब्यक्तिहरुले आफ्नो नागरिकता वा उमेर खुल्ने प्रमाणित कागजात लिई आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन र यस अभियानमा आ-आफ्नो तर्फबाट महत्वपूर्ण सहयोग गरिदिन हुन सम्पूर्ण सबैलाई स्वास्थ्य सेवा कार्यालय कालिकोटले अनुरोध गरेको छ।



karnalipress
१२ पुष २०७८, सोमबार ०८:३१