
आसार २३,कालिकोट ।
कालिकोटको नरहरिनाथ गाउँपालिका -४ को भेरागाड खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका -५ का धनबहादुर बोगटी सहकारीलाई शुक्रबार खोलाले बगाउदा बेपत्ता भएका हुन् ।
शुक्रबार बेलुका ४ बजेतिर खोलाले बगाएको स्थनीयले बताएका छन्। खोलाले बगाएलगतै स्थानीयले उनको खोजी कार्यसुरु गरेका थिए । अहिले सम्म उनले लगाएको जकेट मात्र भेटिएको स्थानीयले बताएका छन्। थप खोजी कार्यका लागि ईलाका प्रहरी कार्यलय कुमालगाउँको प्रहरी टोलि पनि खटिएको प्रहरीले जनाएको छ ।



karnalipress
२३ असार २०८०, शनिबार ०७:२७