सामुदायिक विद्यालयको अनुगन सुरु

चैत्र १,बर्दिया राजापुर। नगरपालीकामा सामुदायिक बिद्यालयको बुधवार संयुक्त अनुगन गरिएको छ । राजापुर नगरपालीकामा वडा नं ३,९ मा रहेका दुर्गा भवानी प्राथामिक बिधालय, बागेश्वरी प्राथामिक बिधालयको सरोकारवालाद्धारा मंगलबार संयुक्त अनुगमन भएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालीकाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले संचालन गरेको सिकाई परियोजना अन्तर्गत कार्यक्रम संचालन भएका बिद्यालयको नगरप्रमुख एवम शिक्षा समितीका संयोजक श्री दिपेश थारुको संयोजकत्वमा शिक्षा शाखा प्रमुख तथा सस्थाका कार्यसमिती पदाधिकारी तथा कर्मचारि लगायतका सरोकारवालाले अनुगमन गरेका हुन् ।

अनुगमनबाट बिद्यालयमा सस्थाबाट संचालन भएका परियोजना देखि भए गरेका असल अभ्यासहरुलाइ प्रत्यक्ष अनुगमन निरिक्षण गरिएको र पुर्व प्राथामिक तहका कक्षाहरुलाइ बालमैत्री लैगिक मैत्री,बातारणमा कक्षा शिक्षण सिकाइ गतिबिधि संचालन भएको राजापुर नगरपालीका प्रमुख दिपेश थारुले बताए । यस प्रकारको अनुगमन निरिक्षण तथा राम्रा अभ्यासहरुलाइ अन्य बिधालयमा पनि लैजाने र शिक्षातर्फको बिकासका लागी पालीकाले योजना बनाएर सस्थाले बिद्यालयको स्तर र शिक्षाको गुणस्तर बृद्धि गर्न प्लानको सहयोगमा स्याक नेपालले गरेको कार्यक्रम उपलब्धीमुलक रहेको भन्दै प्लान र स्याकलाई धन्यवाद समेत नगरप्रमुख दिपेश थारूले बताए  । साथै उनले आगामी दिनमा पनि काम गर्न अनुरोध गर्दै नगरपालीकाले समन्वय सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनए।

अनुगमनकै क्रममा दुर्गा भवानी प्राथामिक बिधालयको प्रधानाध्यापक शान्ती चौधरीले स्याकमार्फत बिद्यालय संचालनका लागि धेरै सहयोग भएको बताए । आज नमूना बिद्यालय निर्माण भएको छ यसमा स्याक नेपालको महत्वपूर्ण भूमिका रह्यो, चौधरीले भने, आगामी दिनमा समेत सहयोग भएको भए अझ उत्कृष्ट बनाउन सक्छौं । उले सोही क्रममा खेलकुदका लागि अभाव देखिएको खेल मैदानको व्यवस्थापन गरिदिन नगरपालीका नगरप्रमुख संगअनुरोध पनि गरे ।
सस्थाले परियोजना मार्फत गरेका हरेक गतिबिधीहरुमा राजापुर नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखा ले सहजिकरण, समन्वय सहकार्यमा कामलाइ अगाडी बढाइरहेको र सस्थाले संचालन गरेका हरेक कृयाकलाप शिक्षा शाखाको प्रैरवी तथा समन्वय रहने गरेको छ ।
अनुगमनमा नगरपालीका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी, स्याक नेपालका कार्यसमिति सदस्य बबीता सिंह,सिता काप्ले सिकाई परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, सुपरभाईजर रेणु चन्द तथा दशलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।
स्याक नेपालले सिकाई परियोजनामार्फत बिगत ४ वर्ष देखि बिधालयको शैक्षिक गुणस्तिर बृद्दिका लागी शिक्षकहरुको पेशागत क्षमता बिकास तालिम, शिक्षा योजना निर्माण ,शिक्षा निति निर्माण, स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला, अभिभावक शिक्षा कार्यक्रम, सिकाइमा कमजोर भएका बालबालीकाहरुको सिकाइ बृद्दिका लागी श्रोत कक्षा संचालन जस्ता गतिबिधिहरु संचालन गरेको थियो ।