फेडोद्धारा पत्रकारहरुका लागि प्रशिक्षक प्रशिक्षण सुरु

बैशाख २८,बाँके। कर्णाली प्रदेशका पत्रकारहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम नेपालगन्जमा सुरु भएको छ । यस प्रदेशका २५ जना पत्रकार तथा अधिकार कर्मिहरुका लागि प्रशिक्षक प्रशिक्षण नेपालगन्जमा सुरु भएको हो।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानव अधिकारका क्षेमा काम गरिरहेका पत्रकार,आमसन्चारका विद्यार्थी तथा अधिकारकर्मिहरुका लागि दलित महिला संघ,फेडो नेपालले तालिम सुरु गरेको छ । सो तालिममा लेखन र यसको महत्व,लेखन शैली,मानव अधिकार हनन लगाएतका विषयमा छलफल सुरु गरिएको हो ।

प्रशिक्षक बबिता बस्नेत र अम्मर सुनारले कार्यक्रममा पत्रकारिता,लेखन शैलीलगाएतको विषयमा प्रशिक्षण सुरु गरेका छन्। कार्यक्रममा लोकतान्त्रीक मानव अधिकार,नागरिक स्थान तथा सामाजिक संस्कार,मानवअधिकारका सवालको विषयमा छलफल गरिएको छ ।

युरोपीयन युनियन,प्लान ईन्टरनेश्नल नेपालको सहयोग तथा दलित महिला संघ (फेडो) नेपाल द्धारा स्रंचालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो । कार्यक्रममा समाजमा रहेका मानव अधिकार,लोकतान्त्रीक नागरिक स्थान,महिला मानव अधिकार,दलित अधिकार तथा लैङ्गीक उत्तरदायीत्तोको लागि सामाजिक समावेशिकरण सहित समतामुलक समाजको निमार्ण गर्न खोज तथा अनुसन्धनात्मक पत्रकारीतालाई प्रथामिकिकरण दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था दलित महिला संथा (फेडो) नेपाल कालीकोटका जिल्ला कार्यक्रम संयोजक रमेश नेपालीले बताए ।