
१३पुस,कालीकोट । कालीकोट जिल्लामा तिन दिन यता निकै चिसो वढेको छ । आईतवारवाट मौसममा आएको वदलीका कारणले चिसो निकै वढेको हो । चिसो वढेपछि नागरिकलाई निकै सास्ती भएको छ । जिल्लामा चिसो वढेपछि सबै भन्दा वढी मारमा पशुपालक किसान परेका छन ।
कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ८ का पशुपालक दत्तवहादुर मल्लले चिसोका कारणले भेडाका साना पाठा मर्ने खतरा रहेको वताए । तीन दिनवाट वढेको चिसोका कारणले भरखरै जन्मेका भेडा तथा वाख्राका पाठा जोगाउन निकै मुस्कील भएको मल्लको भनाई छ । चिसो कटाउन हिमाली क्षेत्रवाट अलि तल बेसीमा झारेपनि एक्कासी आकाशमा वादलले ढाकेको र हिमालमा हिउँ परेकाले त्यसैको सिरेटोले गर्दा चिसो अत्याधिक वढेको छ ।
कालीकोटमा हाल माईनेस ५ मा झरेको छ । मौसममा आएको वदलीले गर्दा जुम्मा जस्तै वढेको यातायात ब्यवसायी टोपवहादुर पोख्रेलले वताए। आफुले जुम्ला र कालीकोटमा चिसोको मापन एउटै रहेको अनुमान गरेको वताउनुभयो । उचाईको हिसावले जुम्ला धेरै माथिल्लो क्षेत्र भएपनि चिसो उस्ताउस्तै रहेको पोख्रेलको भनाई छ।
चिसोका कारणले गाढीमा यात्रु पनि आउजाउ गर्न छोडेका छन । पानीसंगै हिमपात भएको खण्डमा बिचवाटोमै अलपत्र भईने त्रासले सडक मार्फत यात्रा गर्ने यात्रु समेत घटेको यातायात ब्यवसायीको भनाई छ ।
तिलाकर्णाली यातायात समिति कालीकोट प्रतिनिधि खगेन्द्रवहादुर खड्काले आईतवार चिसो वढेकै दिन ५० प्रतिसत यात्रु घटेको सुनाउनुभयो । त्यसपछि त गाडीमा पाँच जना पनि हुदैन, त्यतिकै गाडी चलाउनु परेको खड्काको भनाई छ ।
मौसमका कारणले वाटोमा कहाँ पानी परेर सडक अवरोध हुन्छ भन्ने एकिन नभएका कारणले यात्रुले आउजाउ गर्न छोडेको वताए।चिसो वढेसंगै कालीकोटको तिलागुफा नगरपालिका क्षेत्रमा रहेका घोडाभेडालाई दैलेख तर्फ सारिएको छ । आज बिहानै देखि कर्णाली लोकमार्गमा घोडाभेडाको लस्कर लागेको छ ।



karnalipress
१३ पुष २०७८, मंगलवार १९:३७