
कालिकोट। जिल्लाको पलाँता गाउँपालिका स्थित स्वास्थ्य चौकी थिर्पुमा कर्मचारी नहुदा कोलियामा सुत्केरी गराउनु परेको समाचारले जिल्लाको पलाँता गाउँपालिकाको वडानं. ८ को खिर्पि स्वास्थ्य चौकीमा शुक्रवार जनबहादुर रोकायाका श्रीमती छाईला रोकायाले स्वास्थ्य चौकीको कोलियामा छोरी जन्माए पछि स्वास्थ चौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले अनुगमन गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष बमका अनुसार “हामी जे भन्छौ त्यो नगरे पनि हुन्छ तर जे जिम्मेवारी हो त्यो जुनसुकै हालत हुदा पूरा गर्नु पर्छ त्यो कर्तव्य हो यहि कुराले मलाई छुट छैन त्यसैले छुट दिन सकिन हिजोको स्वास्थ्यको समचारले दुई जना कर्मचारी अबकास ७ जनाको तलभ यो मैनाको काटेर डेलिभरि कक्ष ब्यबस्थापन र ३ मैनाकालागि अनुउपस्थित सबैको काटिने भयो।
स्वास्थ्य क्षेत्र अरु भन्दा ज्यादै संवेदनशिल र चलाएमान हुनुपर्छ । तर विडम्बना तिहारको बेला आजभोलि ढोका बन्द गरेर बसेका स्वास्थकर्मिहरुले सामान्य बिरामीको उपचार समेत गरेका छैनन् । कोहि नागरिक बिरामी भएपछि सुरुमा जाने भनेकै नजिकको अस्पताल नै हुन् तर जब नागरिकलाइ अहिलेको अवस्थामा बढी आवश्यकता तेई बेला स्वास्थकर्मिले आफ्नो कर्तब्य पनि पुरा गर्न सकेनन । त्यसैले बहाना देखाउदै पन्छिने गरे पछि कार्बाही गर्नु परेको हो ”
३ मैनाको अनुपस्थित सबैको प्रत्साहान भत्ता बापत पाउने मासिक ७ हजार नदिने र दुई दिन अघि धौलागोह र दैनिकरको स्वास्थ्य संस्था अनुगमन गर्दा धौलागोहमा दुई अनमि र दैनिकरमा १ अनमिको पनि तलब काट्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।



karnalipress
२० कार्तिक २०७८, शनिबार २०:०२