
बैशाख १२,कालिकोट । गठबन्धन कालिकोटमा व्यापक असन्तुष्टि देखिएको छ । माओवादी,कांग्रेस,एकीकृत समाजवादी, मिलेर बनेको चुनावि गठबन्धन भित्र व्यापक असन्तुष्टि देखिएको हो ।
विशेष गरि नेकपा माओवादी र नेपाली कांग्रेस भित्र चरम असन्तुष्टि देखिएको छ । प्रदेशमा गठबन्धनले भागवण्डा मिलाय पनि जिल्लामा गठबन्धन नगर्ने पार्टिका नेताहरूले आ-आफ्नै उम्मेदवारी दिने घोषणा गरेका छन ।
नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारी आज दर्ता गने भएको छ । यस्तै खाँडाचक्र नगरपालिकामा एकीकृत समाजवादीले एकल उम्मेदवारी दर्ता गने निर्णय गरेको छ ।
karnalipress
१२ बैशाख २०७९, सोमबार ०६:४८