
१४ पुष, कालिकोट । सामाजिक ब्यवहार परिवर्तनका लागि संञ्चार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखिकरण कार्यक्रम मान्ममा सम्पन्न भएको छ।
बागेश्वरी असल शासन क्लबको आयोजना तथा यूनिसेफ नेपालको सहजिकरणमा एकदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो।
खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवाल यूनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्य, बागेश्वरी असल शासन क्लबका कार्यक्रम संयोजक हेमराज भट्ट,बासका जिल्ला अध्यक्ष खडानन्द अधिकारी पत्रकार र बासका कर्णाली प्रदेश संयोजक रमेश नेपालीको बिशेष उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो।
कार्यक्रममा बाेल्दै बासका कर्णाली प्रदेश संयोजक रमेश नेपालीले बाल संरक्षण अन्तर्गत खाँडाचक्र नगरपालिका र रास्कोट नगरपालिकामा कार्यक्रम लागू भएको बताए। उनले भने बालबालिकाको सर्वोत्तम हितका निमित्त २०६५ सालमा कालिकोट जिल्लामा यसको शाखा स्थापना भइ भ्रष्टाचार न्यूनीकरण देखि सामाजिक रुपान्तरणको अभियानमा अगाडि बढेको छ ।
कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउदै यूनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले पछिल्लो अबस्थामा विभिन्न किसिमका संक्रमणकालीन रोगहरु फैलिदै गएकाले यसबाट बच्न कोभिड भ्याक्सिन हरुको प्रयोग गर्न र आम समूदायहरुलाई भ्याक्सिनका बारेमा जानकारी दिपुपर्ने बताए।
कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले कोरोना भ्याक्सिनको पहिलो खोप लगाउँदा खोप लगाउने ब्यक्ति बाट केही ब्यक्तिहरु त्रसित भएको र दोस्रो मात्रामा खोप लगाउन सहज भएको बताए । उनले अहिले पनि समूदायमा आधारित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीहरुलाई परिचालित गरि वडा तथा टोलटोलमा पुगि खोप लगाउने गरेको छाैं।
कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले खोपलाई प्रभावकारिता बनाउन र समुदाय स्तरमा यसको सन्देश दिन युवाहरुको महत्त्वपूर्ण भूमिका रहने बताए। प्रमुख पाण्डेका अनुसार पहिलो मात्रामा कालिकोटका अन्य स्थानीय तह भन्दा पहिलो खाँडाचक्र नगरपालिकालाई खोप मुक्त नगरपालिका घोषणा गर्न सफल भएको कार्यक्रममा बताए ।
१८ बर्ष भन्दा माथि उमेर पुगेका ब्यक्ति अझै कोभिड भ्याक्सिन बाट बन्चित रहेकाले दोस्रो मात्रामा खोप लगाउन समुदाय स्तरका सबै नागरिकलाई आग्रह गर्दै । यस्ता सामाजिक कामले नागरिकको जिबनस्तरमा छुट्टै खाले परिवर्तन आउने भएकाले आ-आफ्नो क्षेत्रबाट सबै लागि पर्नुपर्ने भनाइ थियो ।
कार्यक्रममा जिल्ला केन्द्रीत बासका सदस्य लगायत पत्रकारको समेत उपस्थित रहेको थियो भने कार्यक्रम संञ्चालन बासका जिल्ला सहजकर्ता रमेशकुमार शोनीले गरेका थिए।



karnalipress
१४ पुष २०७८, बुधबार १९:०३