नेपाली काँग्रेस कालीकोटको पहिलो बैठक सम्पन्न

कालीकोट। नेपाली काँग्रेस कालीकोटको पहिलो बैठक सम्पन्न भएको छ। बृहत् एकताका साथ ३० बर्षदेखी कालिकोट काँग्रेसले संसदिय निर्बाचनमा भोगेको प्राजयलाई बिजयमा परिणत गर्ने अठोट नेपालि काँग्रेस कालीकोटले लगेको छ ।

जिल्लामा स्थानिय तहमा देखिएको बिकृति, भ्रष्ट्राचार, पक्षेपात, नाताबाद जस्ता सवालहरु उठान गरि आम नागरिकहरुलाई शुसासन, न्यायोचित विकास र सव्य समाज निर्माणमा पार्टीका सबै तहका नेताहरुको सक्रियता हुने नेपालि कांगेसले जनाएको छ ।

पार्टीको संगठन थप मजभुत बनाउदै आगामी दिनमा हुने तीन वटै तहका निर्बाचनमा बिजय हासिल गरि सुन्दर कालीकोटलाई समृद्व कालीकोटका रुपमा विकास गर्ने र कम्युनिष्टले गरेका व्यवहार र कामले आजित नागरिकहरुको मलिन मुहारमा खुसी फर्काउने नेपाली काँग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिबद्वता ब्यक्त गर्नु भएको छ ।

नेपाली काँग्रेस कालीकोटका सभापती अम्बबहादुर शाहीको सभापतीत्वमा नेपाली काँग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाही, मुक्तिप्रसाद न्यौपाने, नारायणप्रसाद भट्टराई, हर्षबहादुर शाही, मोतिराज बम, टेकराज शाही, दानबहादुर बम, दमन शाही, मानबहादुर रोकाया, मनराज शाही, यशोधा शाही, धर्मा शाही, दिलु बम, मीनबहादुर बोगटी, नन्द्रबहादुर शाही, नगेन्द्र बिष्ट लगायत १ सय २९ जना जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।