
बैशाख ११,कालिकोट । जिल्लामा सत्ता गठबन्धन भागबन्डा टुंगिएको छ । ९ वटा स्थानियतहमा ५ प्रमुख र ४ उप प्रमुख माओवादि केन्द्रलाई,दुई प्रमुख सहित तीन उपप्रमुख कांग्रेस दुई प्रमुख र दुई उप प्रमुख समाजवादिलाई भागबन्डा परेको हो । कालिकोटको रास्कोट,पचालझरना ,पलाता र सान्नित्रिर्बेणि र तिलागुफा प्रमुख माओवादिलाई भाग परेको छ,भने उप प्रमुखमा माओवादी केन्द्रलाई खाडाचक्र,महावै,नरहरिनाथ,सुभकालिका गरि ४ वटा उपप्रमुख माओवादि केन्द्रले लिने छ,भने कांग्रेसले पचालझरना,पलाता र तिलागुफा उपप्रमुख र समाजवादिले रास्कोट र सान्नित्रिर्बेणिमा उपप्रमुख पाउने भएको छ ।आज बसेको सत्तारूढ गठबन्धनको बैठकले भागबन्डा टुंगो लगाएको हो ।



karnalipress
११ बैशाख २०७९, आईतवार १५:३९