
श्रावण ८ काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै नबिल बैंक बजार पुँजीकरणमा पहिलो स्थानमा उक्लिएको छ । साताको अन्तिम कारोबार दिन नबिल बैंकको सेयर मूल्यमा आएको सुधारपछि पुँजीकरणमा नबिल एक नम्बर बनेको हो ।
बिहीबारको कारोबारपछि बैंकको बजार पुँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकरण भएको बैंकको प्रतिकित्ता शेयर मूल्य १ हजार ४५९ रुपैयाँ छ ।
बिहीबार नबिल बैंकको सेयर मूल्य ५ रुपैयााले बढेको थियो भने बजार पुँजीकरणमा एक नम्बरमा रहेको नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयााले घटेको थियो ।
दोस्रो स्थानमा झरेको नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकरण भएकोमा प्रतिकित्ता शेयर मूल्य १ हजार २९६ रुपैयाँ छ । उसको बजार पुँजीकरण १ खर्ब ९४ अर्ब ४० करोड रुपैयाँ छ । टेलिकमको तुलनामा नबिलले बजार पुँजीकरण २ अर्ब २७ करोड रुपैयाँले बढी हो ।
karnalipress
८ श्रावण २०७८, शुक्रबार २२:२१