
साउन १७, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा सोमबार देखि राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्यासुरु गरीएको छ। तिलागुफा नगरपालिका–३ फोहिमहादेव र वडानं.–४ राँचुलीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार कामसुरु गरिएको हो।
जिल्लाको नौवटै स्थानीय तहमा विद्युत्तको राष्ट्रिय प्रसारण लाइन जडान नभएको बेला तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले नगरपालिका सबै वडाहरुमा राष्ट्रिय प्रसारण लाइन जडान कार्यासुरु गरेका छन्।
वर्षौँ देखिको अँध्यारोमा रहेका नागरिकलाई उज्यालो युग तर्फ लैजान र चुनावका लेबा गरेका बाचा पुरा र्गन आफुले सबै वडाहरुमा राष्ट्रिय प्रसारण लाइन जडान गरेको उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए। उनले भने ‘अहिले दुईवटा वडाबाट सुरुवात गरेका छौं बिस्तारै जुबिथा,खल्ला, र छाप्रेमा पनि लाईन तान्ने कामसुरु गरिने छ।’ उनका अनुसार केही वडामा पोल र तार तान्ने काम भएको र वर्षातले गर्दा समस्या भएको छ ।’
नेपाल विद्युत प्राधिकरण कालिकोटका निमित्त प्रमुख प्रकाश शाहीले कालिकोट जिल्ला भरीमा यो आर्थिक वर्ष भित्र बत्ति बाली सक्ने लक्ष्य राखेको बताए। उनले वर्षा याममा रुख ढ्ल्ने र पहिरो कारण लाइन बिस्तार नभएको बताए । जिल्लामा अझै आधाभन्दा बढी नागरिक विद्युत्तको उज्यालोबाट वञ्चित छ ।



karnalipress
१७ श्रावण २०७९, मंगलवार १७:४७