ललित विष्ट कालिकोट
कालिकोटबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कालिकोटको पलाँता गाउँपालिका ६ की रिउली रोकायालाई स्वास्थ्य चौकी नेटाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । घरमै सुत्केरी गराउन समस्या देखा परेपछि उपचारका लागि उनलाई स्वस्थ्य चौकी नेटा ल्याइएको थियो ।
स्वस्थ्य चौकी नेटाले थप उपचारका लागि उनलाई सुर्खेत रिफर गरेको थियो । गाउँमा उपचार सम्भव नभएपछि उनको उद्धार गरी सुर्खेत पठाइएको स्थानीय जयमल बुढाले जानकारी दिए ।
karnalipress
२४ माघ २०८०, बुधबार १२:४१