एमाले शुभकालिकाद्धारा गाउँपालिकालाई १५ बुधे ज्ञापन पत्र

नेकपा एमाले शुभकालिका गाउँकमिटीले गाउँपालिका सरकारलाई १५ बुधे ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउँ कमिटि अध्यक्ष जनक सेजुवाल लगायतको टोलीले गाउँपालिकामा पुगेर नि.प्रमुख प्रशासकिय अधिकत केन्द्रबहादुर शाही र गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीलाई शुसासन,पार्दशिकता र कानुन सम्वत रुपमा सरकार संचालन गर्न १५ बुधामा तयार पारिएको ज्ञापनपत्र बुझाएको एमाले लेखा आयोग कालिकोट जिल्ला सचिव कर्णबहादुर केसीले जानकारी दिएका छन् ।

वर्तमान सरकार संचालन देखी अहिलेसम्म कुनैपनी कामहरु जनपक्षिय र कानुन सम्वत रुपमा नभएकाले खवरदारी स्वरुप पटक पटक खवरदारी गर्दै आएपनी अझै नसच्चिएकाले १५ बुधामा ध्यानाकर्षण पत्र बुझाएका हौं केसीले भने ।
१५ वटा बुधामा २०८०/०८१ को कुनै पनी योजना तथा गतिबिधीको सार्वजनिक सुनुवाई नगरिएको,गाउँपालिकाले उधारो काम गराएका योजनाहरुको रकम भुत्तानी दिनु पर्ने, प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम पार्दशसी हुनुपर्ने, महालेखा परिक्षकले उल्लेख गरेको बेरोजु बारे तत्काल नागरिकलाई जानकारी गराई तत्काल सम परिक्षण वा असुलउपर गरिनु पर्ने, वडा नं -७ मा वडा कार्यालयको लागी ५ वटा घरहरु भाडामा लिएको आवश्यक १ घरमा कार्यालय संचालन गरिनुपर्ने, वडा र्न १ मा सार्वजनिक भवन हुदाहुदै निजी घरमा कार्यसंचालन बन्द गरिनुपर्ने लगायतका मागहरु रहेको एमाले पालिका अध्यक्ष जनकबहादुर शाहीले बताए ।

एमाले पार्टीका मात्र माग नभएर आम जनताका मागहरु भएको हुनाले तत्काल सरकारले उल्लेखित १५ बुधे मागहरु कार्यान्वयन गर्न माग गरे । यदी जनताका मागहरु संवोधन नभए चरणवद्ध रुपमा आन्दोलनका कार्याक्रम समेत संचालन गर्ने सेजुवालले चेतवानी दिए ।

पछिल्लो समय सरकार संचालनको हिसावमा अन्य पालिका भन्दा मनपरी तथा गैंरकानुनी तवरमा शुभकालिकाको सरकार संचालन भइरहेको आम नागरिकको वुझाई रहेको छ ।

बितेको दुई वर्ष यता जनप्रतिनिधिको आन्तरिक भागवण्डा नमिल्दा पटक पटक बिवाद उत्पन्न भइरहेका छन्। बिवादका कारण पालिकाको बिकास हुन सकेको छैन ।

गाउँपालिकाले अहिले पनि गाडी मर्मत तथा भाडामा पनि अनियमित गरेकाे पाईएकाे छ। पालिकाले अहिले पहिलो वर्षको काम गरेको बजेट समेत दिन बाकी रहेको छ।नागरिकको गुनासो समेत बुझ्न नसकेको स्थानीयकाे भनाई छ।