
कालीकोट २२ कार्तिक । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँतीकान्छाले पलाँता अस्पतालको अनुगमन गनु भएको छ।सेमवार रातीको समयमा अस्पतालमा स्वास्थ्यकर्मीहरु भए नभएको बुझ्न र बिरामिहरुको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष बमले पलाँता अस्पतालको अनुगमन गर्दा स्वास्थ्यकर्मीहरु बिरामिको सेवामा खटिएको पाए पछि स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभएको छ ।
गएको कार्तीक १९ गते स्वास्थ्य चौकी थिर्पुमा कर्मचारी नहुदा कोलियामा सुत्केरी गराउनु परेको समाचारले अध्यक्ष बमलाई पालिका भरीका सबै स्वास्थ्य संथा र स्वास्थ्य चौकीहरुमा कतै लापरवाही भएको छकी भन्दै अनुगमन सुरु गनु भएको हो।




karnalipress
२२ कार्तिक २०७८, सोमबार २१:४५