असोज २५,कालिकोट । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको र मानव अधिकार समूहको सहकार्यमा खाँडाचक्र नपामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत खाँडाचक्र नपामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रियाको आयोजना गरिएको हो ।
कार्यक्रममा खाँडाचक्र नपाका प्रमुख जसीप्रसाद पाण्डेले नगरपालिकाभित्रका विद्यालयहरुको कोभिडका कारणले अनुगमन हुन नसकेको हुनाले शिक्षको गुणस्तर खस्कीयको वताउनु भयो । उहाले बादि र दलित समुदायमा खाद्यन्न समस्या खाँडाचक्र नपा–८ दशलाको दलित वस्ती पहिरोको जोखिमका कारण विस्थापित हुनु परेको अवस्था लगाएतका समस्याहरुको तत्काल समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै खाँडाचक्र नपाका निमित्त प्रमुख प्रसाकीय अधिकृत अविराज शाहीले नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमा नपाले हासिल गरेका उपलब्धी हाल देखिएका समस्या समाधानका उपाय तथा पहलको वारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले नपाबाट कृषि सामाग्री तथा अनुदान वितरणका क्रममा जनप्रतिनिधिबाट राजनीति हस्तक्षेप हुने गरेकाले पाउनु पर्ने लक्षित वर्गमा सेवा सुविधा नपुगेको, आव सुरु भएको तिन महिना पुग्दा पनि औषधी खरिद नभएको,स्वास्थ्य सस्थामा दक्ष जनशक्ति नभएको,अझै घरहरु खरमुक्त वनाउन नसकिएको लगाएतका समस्याहरु कार्यपक्रमा उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरुको तर्फबाट आफ्नो धारण राख्दै खाडाचक्र नपा ९ का वडाध्यक्ष गोविन्दबहादुर मल्लले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले उल्यख्य प्रगति गरेपनि शिक्षा क्षेत्रमा कोभिडका कारण उपलब्धी हुन नसकेको स्वीकार गर्दै अव नगर कार्यपालिकाको सम्पूर्ण ध्यान शिक्षा क्षेत्रको सुधार तथा विकासमा हुने वताउनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले उद्देश्य प्रस्ट पार्नु भएको कार्यक्रममा नगरप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा, स्वास्थ्य, कृषि शाखाका प्रतिनिधि, पत्रकार,विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, राजनीतिक दल सम्वद्ध विद्याथी संगठनका प्रतिनिधि, कृषकलगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
karnalipress
२५ आश्विन २०७८, सोमबार १८:२५