
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका हुँदै सिञ्जा गाउँपालिका जोड्ने सडक निमार्ण भएको छ । थारमारे–दिलौरी १५ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । गाउँपालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा सडक निर्माण गरिएको हो । सडक निमार्ण भएपछी अहिले यस क्षेत्रमा यातायातका सवारी साधन साथै एम्बुलेन्स पुग्ने गरेको छन् ।
सवारी साधनको सुविधा पाएपछी स्थानीयबासिन्दा खुशी भएका छन् ।जुम्ला सदरमुकामबाट जाने छोटो सडकका रुपमा रहेको यो सडक १ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिनुभयो ।तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले लेक क्षेत्रमा पनि सडक पुगेकाले कृषि उत्पादन समेत वृद्धि हुन थालेको र निर्यात गर्न सजिलो हुन थालेको बताउनुभयो ।
तातोपानी गाउँपालिका वडा नम्बर ५ मा सडक खानेपानी लगायतको सुविधा पुगेको साथै लेकाली जमिन बाँझो हुने समस्यासमाधान भएको वडाअध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ हुँदै छकाले पानी दिलौरी सडक जोड्न अब करिब पाँच सय मिटर मात्रै बाँकी रहेको छ ।
karnalipress
२८ कार्तिक २०७८, आईतवार ०६:५६