राजतन्त्रको पक्षमा कालीकोटमा नाराबाजी

पुस २७,कालीकोट । राजतन्त्रको पक्षमा कालीकोटमा नाराबाजी भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा कालीकोटले सदरमुकाम मान्ममा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी भएको हो ।

कालीकोटमा प्रदर्शन गर्दै राप्रपा कार्यकर्ताहरूले गण्तन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको लागि आवश्यक नभएकोले देशमा राजतन्त्रको विकल्प नभएको जोड दिएका छन् ।

बजार परिक्रमापछि प्रतिमा चोकमा भएको कोणसभामा राप्रपाका प्रदेस कमिटी सदस्य धनबहादुर बटलाले हिन्दु राष्ट्र हुनपर्ने बताए कार्यक्रममा राजाको पक्षमा नाराबाजीसमेत गरेको प्रदेस (ख)का अध्यक्ष मदन रोकायाले जानकारी दिए ।