
असोज १०,कालिकोट । स्वास्थ्य ऐन २०७२ लाई वुझाउन सबैले सहयोग गर्ने कालीकोटका सरोकारावालाहरुले प्रतिवद्धता गरेका छन । होटल कोटदरवारमा आयेजित खोप कार्यक्रम र खोप ऐन नियमाली सम्वन्धी सरोकारवालाहरु विच गरिएको अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सो प्रतिवद्धता गरेका हुन ।
स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, वालवालिकाको स्वास्थय सुधारमा काम गदै आएको युनिसेफ नेपालको समन्वय तथा खाँडाचक्र नगरपालिका स्वास्थय शाखाको आयोजनामा आयोजित कार्यक्रममा जन्मीएका वालवालिका बिभिन्न सात चरणमा १५ वटा खोपको मात्र पुरा गरेको खण्डमा ति वालवालिका मात्र खतरा मुक्त हुने भएकाले सबै खोप पुरा गर्न आग्रह गरिएको छ ।
खोप वालवालिकाको स्वास्थय सुधारका लागि निकै महत्वपुर्ण भएको वताईएको छ । युनिसेफका रिता अधिकारीले लामो समयको अध्यान पछि स्वास्थय वैज्ञानिकले मानव स्वास्थयका लागि महत्वपुर्ण मानिएका पछिल्लो समय सम्मका १५ खोपलाई कसैले पनि नछुटाई लगाएमा वालवालिकाको स्वास्थ्यमा उल्लेख सुधार आउने र बिभिन्न खाले रोगवाट मुक्त हुने वताउनुभयो । सन २००२ मा हेपटाईटिस बि लगाएतका रोग संग लढ्न सक्ने खोपको उत्पादन भएको भन्दै जन्मेको १५ महिनामा बिभिन्न सात चरणमा वालवालिकालाई खोप दिनु पर्ने वताउनुभयो ।
कुनै पनि अबिभावकले पहिलो वा दोस्रो खोप लगाएको कार्ड साथमा राखेमा नेपालका जुनसुकै खोप केन्द्रमा पनि वाँकी खोप लगाउन पाउने भएकाले त्यसै अनुसारको ससुचना गाउँमा पुगाउन पनि स्वास्थ्यका जानकारहरुले आग्रह गरेका छन ।
स्वास्थय सेवा कार्यालय कालीकोटका ब्यवस्थापक डाक्टर रत्नविर सुनारले खोप मानव स्वास्थयका लागि अति आवस्यक भएकाले नागरिकले आफ्ना वालवालिकालाई नजिकका स्वास्थय केन्द्र वा खोप केन्द्रमा गएर खोप सेवा लिनु पर्ने वताउनुभयो ।
खाडाचक्र नगरपालिका वडा नं ११ का अध्यक्ष पुस्पराज गिरीको अध्यक्षतामा आयोजत कार्यक्रममा जनस्वास्थय अधिकृत कटवहादुर महत, खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवाल, रेडियो नयाँ कर्णाली कालीकोटका कार्यक्रम संयोजक प्रेमराज सिम्खडाले सबैले आ आफ्नो क्षेत्रवाट खोप सेवा लगाएतका स्वास्थय सेवाका वारेमा जानकारी गराउनु पर्ने वताउनु भएको थियो ।
साथै स्वास्थय ऐन २०७२मा उल्लेख बिद्यालयमा वालवालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य पेश गर्नु पर्ने ब्यवस्थालाई कार्यान्वयन गराउन सकेमा थप खोप कार्यक्रममा सुधार आउने भन्दै खाँडाचक्रले लागु गर्ने भएको छ ।
karnalipress
१० आश्विन २०७८, आईतवार १९:०५