५९ औं रेडक्रस स्थापना दिवस कालिकोटमा विभिन्न कार्यक्रम गरी मनाइयाे

ललित बिष्ट भाद्र १९,कालिकोट । नेपाल रेडक्र्स साेसाइटीकाे ५९ औं स्थापना दिवस कालिकोट जिल्ला शाखाले विभिन्न कार्यक्रम गरि मनाएको छ । कोरोना महामारिले गर्दा सामाजिक दुरी कायम गरी, मास्क बितरण,काेभिड-१९ बिषेश अस्पतालमा फलफूल र हाईजिङ किट हस्तान्तरण गरी दिवस मनाएकाे हाे।

रेडक्र्स दिवसको अवसरमा काेभिड-१९ विशेष अस्पतालमा सभापति बल प्रसाद संज्याल र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले, फलफूल र हाईजिङ किट डाक्टर कटक महतलाई हस्तान्तरण गर्नुभएको थियो । रेडक्र्स दिवसकै अवसरमा कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउने उदेश्यले मास्क वितरण र काेभिड अस्पताललाई हाजिङ किट हस्तान्तरण गरिएकाे रेडक्र्स सोसाइटी कालिकोट शाखाका रबि लामिछानेले जानकारी दिनुभयो ।