
ललित बिष्ट भाद्र,२४ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँ पालिकामा भीरबाट लडेर एक जना मृत्यु भएको छ,भन्ने एक जना घाइते भएका छन् ।नरहरिनाथ गाउँपालिका वडानं.९ लालुमा भीरबाट लडेर सोही वडाका महारुप बि.क को मृत्यु भएको हो,भने सोही गाउँपालिका वडानं.८ का दुर्ग बि.क. गम्भीर घाइते भएका हुन ।
उनिहरु अछामको पंन्चदेवल बिनायक नगरपालिका–९ भाटगाउँमा घर बनाउने काम गर्दै आएका दुबै जना मलामी जानका लागि घर आउँदै गर्दा भीरबाट लडेर मृत्यु भएको स्थानीय प्रदिप बोहोराले जानकारी दिए। उनका अनुसार ‘गाउँमा भाउजु नाता पर्ने घाँसको भारीसँगै मृतक भेटिएकी थिन।’ ‘भाउजुको मलामी जानकालागि गाउँमा आउँदै गर्दा भीरबाट दुबै लडेर महारुपको घटनास्थलमा नै मृत्यु भएको र दुर्ग गम्भीर घाइते भएका हुन् ।’
गम्भीर घाइते भएका दुर्गको टाउको र अनुहारमा २४ टाँका लगाएको बताईएको छ। उनको आर्थिक अवस्था कमजोर भएका कारणले उपचारका लागि आर्थिक संकलन गरेर सुर्खेत लग्ने तयारी भइरहेको र अहिले घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



karnalipress
२४ भाद्र २०७८, बिहीबार १६:१६