INF नेपालको परियोजना अभिमुखीकरण तथा समन्वयात्म कार्यक्रम सम्पन्न

ललित बिष्ट भाद्र २२,कालिकोट,आइएनएफ नेपालले कालीकोटमा कार्यक्षेत्र विस्तार गर्दै खाँडाचक्र नगरपालिकामा संचालन हुने बालविवाह रोमथाम तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परियोजनाको जिल्ला स्तरीय सरोकारवालालाई अभिमुखीकरण तथा समन्वयकार्यक्रम आयोजना गरेको छ ।

बि.स.२०९मा कुस्टरोगबाट नेपालमा स्वास्थ्य, जीविकोपार्जन, विपद् ब्यवस्थापन,कुस्टरोग,अपाङ्गता स्वास्थ्य तथा सामुदायीक बिकास र सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको संस्थाले विगतदुई वर्ष देखि कालीकोटको नरहरिनाथ गाउपालिकामा सामुदायिक उत्थानशीलताविकास परियोजना संचालन गर्दै आएकोमा यस वर्ष देखि नरहरिनाथमा खानेपानी तथा सरसफाई परियोजना पनि संचालन गर्ने भएको हो।

खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेको अध्यक्षता, जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख विर्षवहादुर शाहीको प्रमुखआतिथ्यता र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको विशेष आतिथ्यतामा सम्पन्न अभिमुखीकरण तथा समन्वयात्मक बैठकमा खाडाचक्र नगर उपप्रमुख विजया विष्ट, जनपदप्रहरी प्रमुख चक्र वहादुर शाह, सशस्त्र प्रहरी बलका प्रमुख रामवहादुर पाली बोगटी, स्वास्थ्य सेवाकार्यालयका जनस्वास्थ्य अधिकृत कटकवहादुर महत, वरिष्ठ पत्रकार एव किर्डाक नेपालकालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डे, नगरका वडाध्यक्षहरु लगायतका सरोकारवालाको सहभागिता रहेको थियो।

आइएनएफ नेपालको परिचय सहित कालीकोटको नरहरिनाथमा गरेकाकार्यक्रम र खाडाचक्रमा गरिने क्रियाकलापबारे संस्थाका परियोजना प्रमुख दल बुढाले जानकारी दिनुभयो । खाडाचक्रमा संचालनगरिने ४ वर्षे परियोजनाकालागि ४ करोड ६७ लाख ५९ हजार ९ सय ४५ बजेट रहेको छ । संस्थालाई आवश्यक सहयोग गर्ने जिल्ला स्तरीय सरोकारवा लाहरुले प्रतिबद्धता गरेका छन् ।

नयाँ संचालित परियोजना

१,खानेपानी सरसफाई तथा जिबिको पार्जनको माध्यामबाट किशोरी र महिलाहरुको शसक्तिकरण परियोजनना नरहरीनाथ गा.प. मा आ.व.०७८÷०७९ बाट लागुहुने छ।

२,बालविवाह रोकथाम तथा प्रजनन् स्वास्थ्य आवस्थामा सुधार परियोजना खाडाचक्र न.पा. मा आ.व०७८÷०७९ बाट लागुहुने छ।

३,सामुदायिक उत्थानशिल तथा विकास परियोजना नरहरीननथमा काम संचालन भइरहेको र यो आवमा पनि संचालन हुने छ।

INF नेपालले नरहरीनाथ गाउँपालिकामा हाल सम्म भए गरेका महत्व  पुर्ण उपलब्धी हरु

१,“९० वटा स्वावलम्वन समुहका सदस्यले नकुहीने फोहर संकालनका लागी स्थानियरुपमा निगालोले बनाएको फोहर संकालन गर्ने डोको बनाएका छन र प्रत्येक महीनामा सरसफाइ अभियान चलाउने गरेका छन्।”

२, “९० वटा स्वावलम्वन समुहका सदस्यले २७० वटा कार्ययोजनाहरु बनाएका छन्   जसमा ९० वटा कार्ययोजना आई एन एफले सहयोग गरेको छ र अरु कार्ययोजनाहरु गाउँपालीका तथा वडा संग मिलेर सम्पन्न गरेका छन्। जस्तै खानेपानी मर्मत तथा नया बनाउने, तरकारी खेती गर्नका लागी कुलो निर्माण, सानो गोरेटो बाटो, नरर्सरी उत्पादन, चर्पी बनाउने, बिधालयको भबन घेरवार, स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री उपलब्ध आदी ” ।

३,“९० वटा स्वावलम्वन समुहका २७० सदस्यले तरकारीखेती उत्पादन सम्बन्धि तालिम लिएकाछन र २५ जना सदस्यले मौसमी तथा बेमौसमी तरकारीखेती ब्यबसाहेकरुपमा उतपादन गरीरहेकाछन । र यो तरकारी बेचेर आम्दानी भएको पैसाले आफ्ना बच्चाहरुको लागी पढाईमा लगानी गरेकाछन ।९० वटा स्वावलम्वन समुहका ३३ सदस्यले लघुउद्यम तालिम पछि बिभिन्न ब्यबसाय शुरु गरेको” संस्थाका परियोजना प्रमुख दल बुढाले जानकारी दिनुभयो ।