अतिविपन्न तथा दलित घरपरिवारलाई खाद्यान्न सहयोग

 कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका –२ भाटाकाटियाँ गाउँका अतिविपन्न अनाथ दलित समुदायका बालबालिकाका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका प्रकृती केसीको व्यक्तिगत सहयोग तथा ललित विष्टको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।
सानै उमेरमा घरमा आमा बुवा गुमाएर साहाराको खोजिमा रहेका उक्त परिवारलाई केही राहत होस् भन्ने उद्देश्यका साथ उनीहरुलाई खाद्यान वितरण गरिएको हो । उक्त परिवारलाई चामल, दाल, नुन,देखि दैनिक उपभोग्य सामान वितरण गरिएको छ ।
सानै उमेरमा आमा बुबा गुमाएका उक्त परिवारमा खानाको समस्या देखेपछि आफूले उनीहरुका लागि केही पहलगरेर सानो सहयोग गरेको पत्रकार ललित विष्टले बताए ।
खाँडाचक्र नगरपालिका २ मुगा दमाईले सहयोग खाद्यान्न बुझ्दै सहयोग गर्नेलाई धन्यवाद दिन उनले आफ्नो घरमा साना भाई बहिनीहरु सुस्तमनस्तीथि भएको बताईन उनले सानैमा आमा बुवाको निधन भएपछि आफुहरु समस्यामा रहेको सुनाईन । उनल पाँच भाई बहिनी साहाराको प्रखाईमा रहेका छन।