प्रहरीको सचेतना प्रभावकारी

ललित विष्ट माघ १, कालिकोट । कालिकोट जिल्लामा प्रहरीको सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए ।

प्रहरीले समुदायमा हुने अपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिकसमेत अग्रसर हुन थालेका छन्। यो कार्यक्रमबाट बालविवाह,बहुविवाह,घरेलु हिंसा,लागुऔषध दुर्व्यसन,दाईजो प्रथा,छाउपडी प्रथा,जातिय विभेद,आत्महत्या जस्ता सामाजिक विकृति र बिसंगतिहरु न्यूनीकरण गर्न कालिकोटमा निकै प्रभावकारी भएको रिमालले बताए ।

कालिकोटका ९ वटै स्थानिय तहमा प्रहरीले स्थानीय स्तरसम्मै यो कार्यक्रमबाट सचेतना जोगाउने काम गर्दै आएको छ। प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा स्थानीय नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो भएको प्रहरीले जनाएको छ। समाजमा प्रहरीसँगको विस्वास बढ्दै गएको पाइएको छ ।

कालिकोटमा गाँउ, टोल, समाज, विद्यालय र विद्यार्थी लक्षित सडक सुरक्षा, लागुऔषध दुर्व्यसनी, बालविवाह, बहुविवाहह, घरेलु हिंसा, दाईजो प्रथा, छाउपडी प्रथा, जातिय विभेदविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको बताए । प्रहरीले सवासी चालकलाई सडकमै शिक्षा दिने, बालविवाहा रोक्न विद्यालयमै शिक्षा कार्यक्रम सुरुगरेको छ । प्रहरीले दिएको सचेतनाले गाउँमा बालविवाहा रोक्न मदर्त पुगेको छ ।