मिनीवस दुर्घटना २ जनाको मृत्यु

असोज  ३०,दैलेख। दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडाबाट सुर्खेत आउँदै गरेको मिनिबस वीरेन्द्रनगर १४ लादेमा दुर्घटना भएको छ । देउती नागरिक यातायात प्रालिको ०२००१ ख ०१६६ नम्बरको मिनिवस आज बेलुका ४ बजे सुर्खेत दैलेख सडकको लादेमा दुर्घटना भएको हो दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्य भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको ।

दुर्घटनामा मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का १८ बर्षिय शुसिल रावत रहेको र अर्काे एक जना महिलाको सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँ र देउती अस्पतालमा उपचार भैरहेको उहाँले बताउनु भयो । उहाँका अनुसार बस सडकबाट नालामा खस्दा पल्टिएको हो । घटनापछि चालक र सहचालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।